महानगर भ्रष्टाचारको दलदलमा फसेको छ: कोपिला रानाभाट

कास्की | बैशाख २४, २०७९

महानगर भ्रष्टाचारको दलदलमा फसेको छ:  कोपिला रानाभाट

पोखरा:  पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले महानगर भ्रष्टाचारको दलदलमा फसेको बताएकी छिन् ।

 

पोखरा २१ कृस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महागरलाई भ्रष्टचारमुक्त र सुशासनयुक्त  बनाउन गठबन्धनको जित आवश्यक रहेको बताईन् । वैशाख ३० गते पोखराको भविष्यको फैसला गर्ने दिन भएकाले त्यसको महत्वलाई बुझि गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उनले अपिल समेत गरिन् ।

 

पोखरा महानगरपालिकाको विकासको मोडेल कस्तो बनाउने र सेवालाई कसरी नागरिकमैत्री बनाउने भन्ने ठोष योजना आफुहरुसंग रहेको बताएकी उमेदवार रानाभाटले सहजसेवा प्रवाहका सम्बन्धमा आफुहरु सचेत रहेको पनि बताईन् । महानगरभित्र रहेका डाडाँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर पर्यटन उद्योगलाई थप व्यवस्थित गर्ने उनले बताईन् ।

 

पोखरामा क्रियाशिल आमा समुहहरुका लागि विना धितो विना ब्याच १० लाखसम्म आर्थिक सहायता प्रदान गर्ने घोषणा समेत गरिन् । महानगरमा निशुल्क शिक्षा, शुद्ध खानेपानी र गुणस्तरीय स्वास्थ्यको समेत व्यवस्थापन गर्ने उनले बताईन् ।

 

यस्तै वडा अध्यक्ष पदका उम्मेदवार पूर्ण बहादुर थापाले आर्थिक पारदर्शीता र कुशल प्रशासन संचालनका लागि आफ्ु योग्य रहेको बताए । वडाको विकासका सवालमा वडावासीहरुसंग आवश्यक परामर्श गरेर निर्णय लिने उनले प्रतिवद्धता पनि जाहेर गरे ।

 

सदस्य पदका उमेदवार लालबहादुर ठकुरीले कृस्तीले परिवर्तन खोजेका कारण गठबन्धनका उम्मेदवारलाई विश्वास गरेर मत दिने अपेक्षा लिएको बताए । अर्का सदस्य पदका उम्मेदवार नारायणबहादुर केसीले ३२ वर्ष देखी एमालेको कार्यकर्ता भएर काम गर्दा झुट र ठट्टा बाहेक केही नदेखेको बताए ।

 

महिला वडा सदस्य पदकी उमेदवार देवी अधिकारीले राम्रा व्यक्ति छान्न नसके पाँच वर्ष पछुताउनुको विकल्प नहुने बताईन । दलित महिला वडा सदस्य पदकी उम्मेदवार मञ्जु विकले दलित समुदायको नेतृत्व विकास गराई आयआर्जन र उद्यमशीलता बढाउने प्रतिबद्धता व्यक्त गरिन् । 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्